प्रधानमन्त्री ओली विश्वासकाे मत लिन असफल, ९३ मत प्राप्त
Ujyaaloonline.com · Tue May 11 00:00:25 GMT 2021
काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधि सभाको विशेष अधिवेशनमार्फत विश्वासको मत लिनबाट असफल हुनुभएको छ । संविधानको धारा १ सयको उपधारा १ बमोजिम उहाँले संसदमार्फत विश्वासको मत लिन असफल हुनुभएको हो ।
बैठकमा जम्मा खसेको दुई सय ३२ मतमध्ये प्रधानमन्त्री ओलीले ९३ मत प्राप्त गर्नुभएको छ । यस्तै विपक्षमा एक सय २४ जनाले मत हालेका छन् भने १५ जना तटस्थ बसेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)