बंगलादेशमा एकै परिवारका चार जनाको विभत्स हत्या, दुई जना पक्राउ
annapurnapost.com · Mon Aug 24 03:18:12 GMT 2026

काठमाडौं : बंगलादेशको रङ्गपुर सहरमा एकै परिवारका चार सदस्यको विभत्स हत्या भएको छ। हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले मृतकका काकाका छोराहरू (दाजुभाइ) मुग्धो र सिद्धार्थलाई नियन्त्रणमा लिएको छ।
प्रहरीका अनुसार बिहीबार राति छिमेकीको भवन हुँदै गणपति चक्रवर्तीको घरको छतमा पुगेका आरोपीहरूले ‘याबा’ नामक लागुऔषध सेवन गरिरहेका थिए। छतबाट आवाज आएपछि हेर्न पुगेका गणपतिले सोधपुछ गर्दा पहिचान खुल्ने डरले उनीहरूले गम्छाले घाँटी थिचेर हत्या गरेका थिए। त्यसपछि आवाज सुनेर पालैपालो छततर्फ आएकी उनकी पत्नी, छोरी र १२ वर्षका छोराको समेत कपडाले घाँटी थिचेर हत्या गरिएको प्रहरीले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)