मकवानपुरमा चाँदीजस्तो देखिने १४.१८० किलो धातुसहित चारजना पक्राउ
baahrakhari.com · Sun Oct 25 17:18:56 GMT 2026

काठमाडौं । मकवानपुरमा चाँदीजस्तो देखिने १४.१८० किलो धातुसहित चारजना पक्राउ परेका छन् । हेटौँडा उपमहानगरपालिका–१५, रातोमाटे चेकपोइन्ट नजिकबाट कारको फल्स बटममा लुकाएर ल्याइएको १४ किलो १८० ग्राम चाँदीजस्तो धातुसहित चारजनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको रक्सोल बस्ने करिब ५० वर्षीय कार चालक रमेशकुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, चालकको १७ वर्षीय छोरा र चालककी भान्जी २० वर्षीया नन्दनीकुमारी साह रहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)