मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आन्दोलन थप सशक्त बनाउने बारको तयारी

nayapatrikadaily.com · Mon Nov 08 00:58:00 GMT 2021

दोस्रो चरणको आन्दोलनअघि नेपाल बारले देशभरका इकाइसँग भर्चुअल छलफल गरेर सुझाव मागेको छ, आइतबारका अधिकांश सहभागीले आन्दोलन सशक्त बनाउँदै इकाइ तहसम्म पु र्‍ याउन सुझाव दिएका छन् । सर्वोच्च बारले त देशभरका अदालत ठप्प पार्नेदेखि प्रधानन्यायाधीश जबरालाई कार्यालय प्रवेशमै रोक लगाउनेसम्मका आन्दोलनको खाका प्रस्तुत गरेको छ ।

नेपाल बार एसोसिएसनका इकाइहरूले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको आन्दोलन थप सशक्त बनाउन नेतृत्वलाई सुझाव दिएका छन् । आवश्यकताअनुसार आन्दोलनलाई इकाइ तहसम्म लैजानुपर्ने उनीहरूको राय छ ।न्यायालय सुधारका लागि जबराले राजीनामा दिनुपर्ने मागसहित आन्दोलनरत नेपाल बारले दोस्रो चरणको आन्दोलनअघि इकाइहरूसँग सुझाव माग्न आइतबार भर्चुअल छलफल गरेको थियो । देशभरका ९० इकाइमध्ये आइतबार ४० वटासँग छलफल भएको र बाँकीसँग सोमबार सुझाब लिने महासचिव लीलामणि पौडेलले बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)