मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चकै फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशलाई सुविधा

ekantipur.com · Sun Oct 02 01:26:37 GMT 2022

काठमाडौँ — सर्वोच्च अदालतको फैसलाविपरीत पूर्वप्रधानन्यायाधीशहरूले सरकारी ढुकुटीबाट गाडी, इन्धन, चालक, कर्मचारी र सहयोगीसहितको सुविधा लिइरहेका छन् । मन्त्रिपरिषद्का पटके निर्णयबाट सरकारले सबै पूर्वप्रधानन्यायाधीशलाई गाडी, प्रतिमहिना एक सय लिटर पेट्रोल, एक जना सहयोगी र नासु तहका कर्मचारी र निवास तथा अंगरक्षकका रूपमा सुरक्षाकर्मी खटाइरहेको हो ।

पूर्वराष्ट्रपति, पूर्वराजा, पूर्वप्रधानमन्त्री, पूर्वसभामुखलगायतले सरकारी ढुकुटीबाट मनमौजी सुविधा लिइरहेकामा त्यसको सबैतिर आलोचना भइरहेको छ । यस्ता गैरकानुनी सुविधा लिनेको लर्कोमा सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश सामेल छन् । कानुनको व्याख्या गर्ने सर्वोच्च निकायको सर्वोच्च पदमा पुगिसकेकै व्यक्तिबाट कानुन र अदालतबाट प्रतिपादित सिद्धान्तविपरीत सुविधा लिनुले सरकारी स्रोतसाधन दोहन गर्ने मामिलामा सबै एक ठाउँमा उभिएको स्पष्ट हुन्छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)