मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

फेसबुकमार्फत पालिका अध्यक्षमाथि दलित विभेदको प्रश्न उठाउने युवामाथि साइबर अपराधको मुद्दा

techpana.com · Sun Aug 23 13:37:26 GMT 2026

काठमाडौं । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले दिएको जाहेरीका आधारमा जिल्ला सरकारी वकिल कार्यालय जुम्लाले एक २५ वर्षीय दलित युवाविरुद्ध साइबर अपराधको मुद्दा दायर गरेको छ । दलित समुदायमाथि भएको कथित विभेद र स्थानीय सरकारको आलोचना गर्दै फेसबुकमा स्टाटस लेखेकै आधारमा राज्यले कडा साइबर कानुन आकर्षित गरी पाँच वर्षसम्म कैद र एक लाख रुपैयाँ जरिबाना मागदाबी गरेको हो ।

जुम्ला जिल्ला अदालतमा २९ साउनमा प्रेम कामी विरुद्ध यस सम्बन्धी अभियोग पत्र दर्ता भएको उल्लेख छ । सामाजिक सञ्जालमा उठाइएका सामाजिक मुद्दा र राजनीतिक असन्तुष्टिलाई निस्तेज पार्न विवादित साइबर कानुनको प्रयोग कसरी भइरहेको छ भन्ने कुरालाई यस घटनाले पुनः बहसको केन्द्रमा ल्याएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)