चाँदीजस्तो देखिने सेतो धातुसहित चार जनालाई पक्राउ
kendrabindu.com · Mon Oct 26 03:06:14 GMT 2026

काठमाडौं । कारको फल्स बटममा लुकाएर ल्याएको १४ किलो १८० ग्राम चाँदीजस्तो देखिने सेतो धातुसहित प्रहरीले चार जनालाई पक्राउ गरेको छ। हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे चेकपोइन्ट नजिकबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको रक्सोल निवासी करिब ५० वर्षीय कार चालक रमेश कुमार साह सोनार, उनकी श्रीमती करिब ४२ वर्षीया चन्दा देवी सोनार, उनीहरूका १७ वर्षीय छोरा र चालककी भान्जी अन्दाजली २० वर्षीया नन्दनी कुमारी साह रहेका छन्। कारलाई जाँच गर्दा फल्स बटममा लुकाएको अवस्थामा चाँदीजस्तो देखिने धातु फेला परेपछि आइतबार दिउँसो उनीहरु पक्राउ परेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)