रेस्टुरेन्ट सञ्चालकको शव जंगलमा भेटियो, कामदार युवती प्रहरी नियन्त्रणमा
kendrabindu.com · Mon Oct 26 03:27:13 GMT 2026

विराटनगर । विराटनगरका एक रेस्टुरेन्टका सञ्चालकको मृत्युको विषयलाई लिएर प्रहरीले एक युवतीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ। शनिबार दिउँसो केराबारी गाउँपालिका ९ को धारापानी जङ्गलमा झुन्डिएको अवस्थामा युवा व्यवसायी मनोज खत्रीको शव फेला परेको थियो।
उनको मृत्यु प्रकरणलाई लिएर उनीसँग व्यक्तिगत सम्बन्धमा रहेकी एक युवती प्रहरी अनुसन्धानको दायरामा आएकी छिन्। ‘पिजफायर’ रेस्टुरेन्टका सञ्चालक खत्रीको रेस्टुरेन्टमा करिब ४–५ वर्षदेखि काम गर्दै आएकी झापाकी २७ वर्षीय युवतीसँग व्यक्तिगत सम्बन्ध रहेको देखिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)