नेपाललाई दुई मैत्रीपुर्ण खेलका लागि प्रस्ताव
neplays.com
नेपाली राष्ट्रिय फुटबल टिमसँग दुई मैत्रीपुर्ण खेलका लागि ब्रुनाईले प्रस्ताव गरेको एन्फा स्रोतले जनाएको छ । अर्को महिना ब्रेनाईले आफ्नो नयाँ रंगशालाको उद्घाटन गर्देछ । सो अवसरमा ब्रुनाईले नेपाल र लाओसलाई आमन्त्रण गरेर दुई मैत्रीपुर्ण खेल खेलाउने योजना बनाएको छ ।
तीन देशलाई सहभागि गराएर ब्रुनाईले पहिलो पटक सो रंगशालामा मैत्रीपुर्ण खेलको आयोजना गर्ने योजना बनाएको छ । ब्रुनाईले गरेको प्रस्ताव अनुसार असोज पाँच र आठमा नेपालले खेल्ने तालिका रहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)