मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

गोलबजार झडप : वडाध्यक्ष सोहेव अनवर पक्राउ

rajdhanidaily.com · Mon Oct 26 08:19:13 GMT 2026

सिरहा । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडपको प्रभाव सिरहाको गोलबजारसम्म फैलिएको घटनामा संलग्न रहेको आरोपमा गोलबजार नगरपालिका–११ का वडा अध्यक्ष सोहेव अनवरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

सार्वजनिक शान्ति खलल पार्न नहुने कसुरमा अनुसन्धानका क्रममा फरार रहेका वडा अध्यक्ष अनवरलाई पक्राउ गरिएको हो। घरमै लुकिछिपि बसिरहेको अबस्थामा वडा अध्यक्ष अनवरलाइ नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलबजारको प्रहरि निरीक्षक दिपक खरेलले बताए। उनले भने, ´वडा अध्यक्ष अनवरलाइ सम्प्रदाय दङ्गा भड्काएको आरोपमा पक्राउ गरिएको हो। पक्राउ गरेका वडा अध्यक्षलाइ थप अनुसन्धानकालागि राति नै जिल्ला प्रहरि कार्यालय पठाइएको जनाए।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)