निगमले जहाज किन थप्ने?
nepalkhabar.com · Sun Oct 08 16:27:11 GMT 2023
संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किराती अहिले नेपाल वायु सेवा निगमको लागि जहाज खरिद गर्न लागिपरेका छन्। निगमको संरचनागत तथा व्यवस्थापकीय अध्ययन एवं सिफारिस समितिले पनि निगमले आवश्यक मात्रामा साना विमानस्थल, क्षेत्रीय विमानस्थल र अन्तर्राष्ट्रिय रुटमा उड्ने जहाज थप्नुपर्ने सिफारिस गरेको छ। निगमलाई थप जहाजहरु किन आवश्यक पर्छ? यो प्रश्नको उत्तरमा केन्द्रित भई यहाँ छलफल गरिएको छ।
सबैभन्दा पहिला निगम स्थापना किन गर्नुपर्यो भन्नेबाट छलफल आरम्भ गरौँ। नेपाल वायु सेवा निगम ऐन, २०१९ द्वारा सञ्चालित स्वायत्त संस्था हो, निगम। यसमा नेपाल सरकारको पूर्ण स्वामित्व छ। निगम ऐनले मुख्य चार उदेश्य पूरा गर्न निगमलाई निर्देश गरेको छ– सुरक्षित, भरपर्दो र सर्वसुलभ हवाई सेवा प्रदान गर्न, सामाजिक उत्तरदायित्व बहन गर्न र हवाई सेवासँग सम्बन्धित व्यापार गर्न। अर्थात् हवाई सेवामा जनताको पहुँच वृद्धि, बजार हस्तक्षेप र सामाजिक उत्तरदायित्व बहन गर्दै नाफा आर्जन गर्ने उदेश्यका लागि निगमको स्थापना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)