मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल रेडक्रस सोसाइटी धराशायी

annapurnapost.com · Thu Dec 29 00:40:00 GMT 2022

काठमाडौं : नेपाल रेडक्रस सोसाइटी धराशायी भएको छ। परोपकारी यो संख्या राजनीतिक हस्तक्षेपले तहसनहस त भएको छ नै भ्रष्टाचार र चरम बेतिथिको दलदलमा फसेको छ। पछिल्लो समय न संस्था नवीकरण नै भएको छ। दलका कार्यकर्ता भर्ती केन्द्र बनेको रेडक्रसमा २०६४ यता सबैभन्दा बढी विकृति देखिएको हो। सञ्जीव थापा सभापति बनेपछि बेथिति अत्यधिक बढेको पुराना कर्मचारी तथा पदाधिकारी बताउँछन्।

२०७५ चैतभित्र हुनुपर्ने निर्वाचन विभिन्न बहानाबाजी गर्दै अझै हुन सकेको छैन। बेथिति चरम भएपछि केपी शर्मा ओली नेतृत्वको सरकारले थापा कार्यसमिति भंग गरी डा. नेत्र तिमिल्सिनाको नेतृत्वमा तदर्थ समिति बनाएको थियो। उक्त समिति विधान महाधिवेशनको तयारीमा थियो। तर, सरकार परिवर्तन भयो। शेरबहादुर देउवा नेतृत्वको सरकारले तिमल्सिना नेतृत्वको समिति भंग गरी प्रा. सुदर्शनप्रसाद नेपालको संयोजकत्वमा तदर्थ समिति बनायो।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)