मछिन्द्रको उपाधि जोगाउने दाउ
ekantipur.com · Sat Nov 13 01:29:18 GMT 2021
काठमाडौँ — घरेलु फुटबलका सबैभन्दा लोकप्रिय क्लब हुन् मनाङ मर्स्याङ्दी र थ्रीस्टार । नाम चलेका खेलाडी अनुबन्ध गर्न यी दुई क्लबबीच चर्को प्रतिस्पर्धा हुने गर्छ । पछिल्ला सिजन भने चर्चित खेलाडी अनुबन्ध गर्ने होडमा यी दुई क्लबलाई मछिन्द्रले उछिन्यो । मनाङ–थ्रीस्टारबाट ११ खेलाडी भित्र्याएर मछिन्द्र पहिलोपल्ट सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन नै बन्यो । यसपालि मछिन्द्रलाई लिगको उपाधि जोगाउने चुनौती छ ।
गत सिजन (२०७६ साल) को अन्तिम खेलमा आर्मीलाई १–० ले पन्छाउँदै उपाधि जितेको मछिन्द्रको मुख्य प्रशिक्षकमा प्रवेश कटुवाल निरन्तर छन् । मंसिर ३ देखि सुरु हुने नयाँ सिजनमा उनको टिम उपाधि जोगाउन कति सक्षम छ त ? ‘टिम गत वर्षभन्दा राम्रो छ,’ कटुवालले भने, ‘उपाधि रक्षा गर्न एकदम राम्रो र सन्तुलित टिम छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)