सुकुम्वासी रहेको होल्डिङ सेन्टरमा डुबान, ५४ जनाको उद्धार
barnanmedia.com · Sat Jul 11 02:05:27 GMT 2026

काठमाडौं । कीर्तिपुरमा सुकुम्वासी रहेको होल्डिङ सेन्टरमा डुबान भएको छ । वर्षापछि आएको बाढी पस्दा होल्डिङ सेन्टर डुबानमा परेको हो ।
होल्डिङ सेन्टरमा रहेका १५४ मध्ये ५४ जनाको उद्धार गरी त्रिभुवन विश्वविद्यालय परिसरमा रहेको स्मृति भवनमा राखिएको छ । अन्य ६ जना आफन्त वा नजिकैको होस्टेलमा बस्न गएका छन् । ९४ जना अन्यत्र जान नमानेपछि सेन्टरभित्रै पानी नपसेको सुरक्षित स्थानमा बसिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)