फ्रान्ससँग भिड्नुअघि यामालको चेतावनी : ‘डराउने पालो उनीहरूको हो’
kalakarmi.com · Sat Jul 11 05:03:48 GMT 2026
काठमाडौं- स्पेनका युवा फरवार्ड लामिन यामालले फिफा विश्वकप २०२६ को सेमिफाइनलमा फ्रान्ससँग खेल्न आफ्नो टोली कुनै दबाबमा नरहेको बताएका छन् । उनले स्पेनले युरो कपमा फ्रान्सलाई पराजित गरिसकेको स्मरण गर्दै यसपटक पनि प्रतिस्पर्धा गर्न आफूहरू तयार रहेको बताए ।
फ्रान्सविरुद्धको सेमिफाइनल खेलअघि टिभी इस्पानासँग कुरा गर्दै यामालले दुई ठूला टोलीबीचको भिडन्त हुने भए पनि स्पेनमा कुनै डर नरहेको बताएका हुन् । ‘यदि कसैले डराउनुपर्छ भने त्यो उनीहरू (फ्रान्स) हुन् । हामीले युरोमा उनीहरूलाई हराएका थियौँ । हामी दुवै उत्कृष्ट टोली हौँ, विश्वका उत्कृष्ट टोलीमध्ये पर्छौँ । अब के हुन्छ हेर्न बाँकी छ, तर हामीलाई कुनै डर छैन,’ यामालले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)