मोरङको दक्षिणी खुला सीमामा नयाँ धन्दा, सुँगुरका पाठा भारत तस्करी
annapurnapost.com · Tue Aug 25 11:30:21 GMT 2026

विराटनगर : मोरङको दक्षिणी सीमावर्ती क्षेत्रमा सुँगुरका पाठा भारततर्फ पु¥याउन सक्रिय समूहको प्रयास प्रहरीले विफल पारेको छ। खुला सीमाको फाइदा उठाउँदै सुँगुरका पाठा भारततर्फ तस्करी हुने गरेको पत्ता लागेको हो। भारततर्फ लैजाँदै गरिएका ५१ वटा सुँगुरका पाठा मोरङको धनपालथान गाउँपालिका–३ स्थित चेका खोलानजिकबाट प्रहरीले बरामद गरेपछि सीमाबाट हुने अवैध पशु ओसारपसारको अर्को र नयाँ घटना बाहिर आएको छ ।
मंगलबार बिहान इलाका प्रहरी कार्यालय मायागन्जबाट खटिएको टोलीले चेका खोलामा निगरानी गरिरहेका बेला ६ वटा साइकलमा प्लास्टिकका बोराभित्र राखिएका सुँगुरका पाठा फेला परेको थियो । साइकलमा बोराभित्र पाठा राखेर भारततर्फ लैजाने क्रममा रहेका व्यक्तिहरू प्रहरी टोली देखेपछि पाठा र साइकल छाडेर सीमापारि भारततर्फ भागेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)