दुर्गा प्रसाईंलाई पक्राउ गर्नेबारे सुरक्षा समिति बैठकमै भएको थियो छलफल
ekantipur.com · Mon Nov 17 19:58:52 GMT 2025

काठमाडौँ — गृहमन्त्री ओमप्रकाश अर्यालले आइतबार बोलाएको सुरक्षा समिति बैठकमै दुर्गा प्रसाईंलाई नियन्त्रणमा लिनेबारे छलफल भएको थियो ।
निर्वाचनलाई लक्षित गरेर एकीकृत सुरक्षा योजनाबारे छलफल गर्न बोलाएको बैठकमा सुरक्षा निकायका प्रमुखहरुले प्रसाईंको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिनुपर्ने बताएका थिए । उनको अभिव्यक्ति हिंसा भड्काउने किसिमको भएको भन्दै कारबाहीको दायरामा ल्याउनुपर्ने सुरक्षा प्रमुखहरुको भनाइ थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)