मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

थानकोटबाट बरामद चाँदी ६९ किलो परिमाणको भएको पुष्टि

ratopati.com · Tue Oct 27 05:32:35 GMT 2026

काठमाडौं । प्रहरीले काठमाडौंको थानकोटबाट बरामद गरेको चाँदीको यकिन परिमाण ६९ किलो भएको पाइएको छ । सोमबार उपत्यका अपराध अनुसन्धान कार्यालयले थानकोटबाट भन्सार छलीको चाँदीसहित भारतीय नागरिक अमन सर्राफलाई पक्राउ गरेको थियो ।

आवश्यक प्रक्रिया पूरा गरेस जोख्दा चाँदीको कुल परिमाण ६९ किलो पुगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले रातोपाटीलाई बताए । सो चाँदीको बजार मूल्य २ करोड ३६ लाख ३२ हजार रुपैयाँ पर्छ । यसअघि प्रहरीले चाँदी करिब ६० किलो भएको अनुमान गरेको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)