अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा छाडियो
ekantipur.com · Sun Oct 01 17:07:36 GMT 2023
काठमाडौँ — अभिनेता अनमोल केसीलाई हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी आइतबार छाडिएको छ ।
अभिनेता केसीलाई आइतबार साँझ हाजिर जमानीमा खोजेको समय हाजिर हुने गरी उनकै सहोदर काका उज्ज्वल केसीको जिम्मा दिइएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथ प्रहरी उपरीक्षक कुमोध ढुंगेलले जानकारी दिए । उनका अनुसार अभिनेता केसीको स्वास्थ्य अवस्था, प्रमाण लोप गर्न सक्ने अवस्था नरहेको र भागी जाने सम्भावना नरहेकाले अनुसन्धान अधिकृतले कुनै जिम्मेवार व्यक्तिले खोजेको बेलामा उपस्थित हुने गरी जिम्मा छोड्न सक्ने कानुनी व्यवस्था भएअनुसार जिम्मा जमानीमा छाडिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)