मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संसद्‌बाहिरै रास्वपा सांसदको सम्बोधन

ekantipur.com · Thu Aug 10 01:06:02 GMT 2023

काठमाडौँ — संसद् अवरोधको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद् भवनबाहिर सभामुखलाई सम्बोधन गर्दै आफ्नो धारणा राखेको छ । संसद्‌भित्र बोल्न नपाएको भन्दै रास्वपाका सांसदहरूले जनताका पछिल्ला मुद्दाहरू उठाएर विरोध जनाएका हुन् ।

‘सम्मानित सभामुख महोदय, संसद् भवनभित्रै आफ्नो कुरा राख्न मन थियो । संसद्मा राख्न नपाएकाले आम नागरिक र संसद् भवनलाई साक्षी राखेर बाहिरबाट आफ्नो कुरा राख्न चाहन्छु,’ रास्वपा सभापति रवि लामिछानेले भने, ‘गृहमन्त्रीले सुन प्रकरणको बारेमा दिनुभएको जवाफमा केही प्रश्न छन् । उहाँहरूले अनुसन्धानका लागि ३५ दिनको समय माग्नुभएको छ । प्रहरी, अर्थ मन्त्रालय र भन्सारका पूरै टिमलाई निलम्बन नगरेसम्म कसरी अनुसन्धान निष्पक्ष हुन सक्छ ?’

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)