मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लुम्बिनीको उपाध्यक्ष नियुक्ति विवादमा प्रदीप पौडेलको प्रश्न– गलत निर्णय सच्याउने कि नागरिकलाई तर्साउने ?

nepalviews.com · Tue Oct 27 11:42:54 GMT 2026

काठमाडौं । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विवाद चर्किएका बेला नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले सरकारको आलोचना गरेका छन् । नियुक्तिबारे उठेका प्रश्नको जवाफ दिनुको सट्टा विरोध गर्ने नागरिकलाई मध्यरातमा पक्राउ गरेर केही समयपछि छाड्ने सरकारको व्यवहार अस्वीकार्य भएको उनले बताएका छन् ।

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ र अभियन्ता वाजिउद्दिन मुसलमान पक्राउ परेको घटनापछि सामाजिक सञ्जालमा धारणा सार्वजनिक गर्दै पौडेलले विवादास्पद नियुक्ति सच्याउन र प्रश्न उठाउने नागरिकलाई नतर्साउन सरकारलाई आग्रह गरेका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)