सिरहामा ५५ किलो गाँजासहित एक युवक पक्राउ
ratopati.com · Wed Aug 26 06:53:47 GMT 2026

जनकपुरधाम । सिरहा प्रहरीले ५५ किलो लागुऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका सिरहाका अनुसार गोलबजार सिरहाबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले बुधबार (आज) बिहान साढे ३ बजे नैनपुरबाट मुसहरनिया तर्फ आउँदै गरेको मोटरसाइकल चेकजाँचको क्रममा ५५ किलो गाँजा बरामद गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)