मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

३ किलो २६५ ग्राम चरेससहित दुई जना पक्राउ

sutranews.com · Wed Oct 28 04:14:52 GMT 2026

बझाङ । बझाङमा ३ किलो २६५ ग्राम चरेससहित दुई जना पक्राउ परेका छन् । बझाङको बुंगल नगरपालिका४, बिजगडा बजारस्थित जनक कार्कीको घरबाट प्रहरीले चरेस बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय बझाङ र अस्थायी प्रहरी पोस्ट बिजगडाबाट खटिएको संयुक्त प्रहरी टोलीले घरको कोठाभित्र हरियो झोलामा सेतो कपडाले लुकाएर राखेको अवस्थामा चरेस फेला पारेको जनाएको छ । पक्राउ पर्नेमा बुंगल नगरपालिका४ का ४३ वर्षीय जनक कार्की र वडा नम्बर ६ का ५७ वर्षीय जितबहादुर सिंह रहेका छन् । उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय बझाङमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (sutranews.com)