आइजीपीमाथि दबाब बढाउँदै ‘टिम बालेन’, कानूनी परामर्शमा जुट्यो हेडक्वार्टर
nepalpress.com · Wed Oct 28 07:57:12 GMT 2026

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीसँग सरकारले राजीनामा माग गरेको छ । कार्की भने कानुनी परामर्शमा जुटेका छन् । कार्कीमाथि प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले दबाब बढाएको हो ।
प्रधानमन्त्रीको सचिवालयस्रोतका अनुसार संदिग्ध गतिविधिमा लागेपछि पक्राउ परेका इनम सापकोटासँग जोडेर कार्कीमाथि राजीनामाको दबाब बढाइएको हो । आइतबार नै राजीनामा दिनका लागि प्रधानमन्त्रीको सचिवालयबाट कार्कीलाई अनुरोध गरिएको स्रोतको दावी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)