फर्पिङमा ३२२ ग्राम ब्राउनसुगरसहित भारतीय नागरिक पक्राउ
nepalnews.com · Wed Oct 28 12:05:24 GMT 2026

काठमाडौं। काठमाडौं, दक्षिणकाली नगरपालिका–५ फर्पिङबाट अवैध लागुऔषध ब्राउनसुगरसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारत बिहार भोजपुर घर भएका ३१ वर्षीय विवेक कुमार रहेका छन्।
कुमारलाई ३२२ ग्राम ३ सय मिलिग्राम ब्राउनसुगरसहित लाई बुधबार दिउँसो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय फर्पिङले जनाएको छ। वीरगन्जबाट काठमाडौंतर्फ आउँदै गरेको ना१ज २०२३ नम्बरको सुमोमा सवार उनलाई लागुऔषधसहित पक्राउ गरिएको उक्त कार्यालयले जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)