मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तार चोरी विवादले निम्त्याएकाे हत्या

nepalnews.com · Wed Oct 28 12:39:58 GMT 2026

विराटनगर। पानी तान्ने मोटरको केही मिटर तामाको तार चोरीको आरोप। त्यही आरोपका कारण समाजमा गुमेको प्रतिष्ठाको बदला लिन रचिएको हत्या योजना। अन्ततः चार दशकदेखि विराटनगरमा ब्याट्रीको कारोबार गर्दै आएका ६९ वर्षीय व्यापारी लालजीप्रसाद गुप्ताले आफ्नै छिमेकी व्यवसायीको हातबाट ज्यान गुमाउनुपर्‍यो।

कात्तिक ६ गते साँझ विराटनगर महानगरपालिका-६ स्वागत चोकका ३६ वर्षीय अफरोज आलमले छिमेकी व्यापारी गुप्तालाई आफ्नै घरमा खाना खान बोलाए। लामो समयदेखिको छिमेकीको निम्तो ठानेर पुगेका गुप्ताका लागि त्यही निम्तो अन्तिम बन्यो। प्रहरी अनुसन्धानअनुसार, मदिरा सेवनका क्रममा विवाद चर्किएपछि आलमले सुरुमा बियरको बोतल र त्यसपछि फलामको जीआई पाइपले गुप्ताको टाउकोमा प्रहार गरे। गुप्ताको घटनास्थलमै मृत्यु भयो। त्यसपछि शवलाई कार्पेट र बोरामा बेरेर सिटी सफारीमार्फत सुनसरीको केशलिया खोला किनारमा फालियो।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)