मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फुटबलका मुख्य प्रशिक्षक अलमुताइरी काठमाडौं आइपुगे

nepalsamaya.com · Sat Oct 30 23:45:00 GMT 2021

काठमाडौं– राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक कुवेती अब्दुल्लाह अलमुताइरी शनिबार काठमाडौं आइपुगेका छन्। माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाली टोलीलाई फाइनलसम्मको यात्रा तय गराएका अलमुताइरी त्यहींबाट कतार गएका थिए।

साफ च्याम्पियनसिपमा नेपाललाई पहिलो पटक फाइनल पुर्‍याएपछि उनले मुख्य प्रशिक्षकबाट राजीनामाको घोषणा गरेका थिए। त्यतिबेला उनले कहिल्यै नेपाल नफर्किने बताएका थिए। तर, अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष कर्मा छिरिङ शेर्पाले अलमुताइरी र कतार फुटबल संघसँग सहकार्य गरेपछि उनी नेपाल फर्किएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)