मनमोहनलाई सय रुपैयाँ जरिवाना भएको थियो, ओलीलाई के होला ?
onlinekhabar.com · Thu Jan 28 17:27:50 UTC 2021
१५ माघ, काठमाडौं । अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित बाटोको म्याद बाहेक सात दिनभित्र आफैँ अदालतमा उपस्थित हुन आदेश दिएको छ । यससँगै प्रश्न उठेको छ, बहालवाला प्रधानमन्त्री अब अदालतमा हाजिर होलान् कि नहोलान् ? विगतको परम्परा के छ ?
सर्वोच्च अदालतले यसअघि पनि विभिन्न मुद्दामा प्रधानमन्त्री ओलीलाई पटक–पटक लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो । तर, कुनै पनि मुद्दाको जवाफ लिएर ओली आफैं सर्वोच्चको ढोकामा पुगेका छैनन् । उनले आफ्ना कानुनी वारेसमार्फत नै जवाफ पठाउने गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)