न्यायाधीश दोषी कि नियुक्ति प्रक्रियाको दोष ?
rajdhanidaily.com · Wed Jul 27 00:47:33 GMT 2022
अदालत जनताको आस्था र विश्वासको केन्द्र हो । अदालतबाट हुने न्यायनिरूपण स्वच्छ र पारदर्शितामा आधारित रहेसम्म अदालतप्रतिको जनविश्वास अक्षुण रहन्छ । तर, त्यही आस्था र विश्वासको केन्द्र रहँदै आएको अदालत नै न्यायमूर्तिकै कारण पछिल्लो समयमा आलोचित बन्न थालेको सर्वविदितै छ । न्यायमूर्तिबाटै अदालतको सम्मानमा चोट पुग्नु न्यायप्रेमी जनताका लागि मात्र होइन, राष्ट्रकै लागि लज्जाको विषय हो । यसको पछिल्लो दृष्टान्त छानबिनको क्रममा निलम्बनमा रहेका प्रधान न्यायाधीश चोलेन्द्र समशेर राणा र धनुषाका जिल्ला न्यायाधीश डा. पर्शुराम भट्टराई हुन् । राणाउपर लागेको महाअभियोगको किनारा लागिसकेको छैन । न्यायाधीश भट्टराई भने कारबाहीको सिलसिलामा काठमाडौंमा तानिएका छन् ।
सम्मानित अदालत नै न्यायमूर्तिकै कारण किन विवादास्पद बन्छ ? त्यसको कारक तत्व के हो ? भन्ने कुरा आमनागरिककै चासो र सरोकारकै विषय हो । जड पहिल्याई यसमा सुधार नल्याइए अदालतप्रतिकै विश्वासमा संकट उत्पन्न हुने मात्र होइन, राज्यप्रतिकै जनविश्वास लोप हुन सक्छ । यसैले, अदालतको सम्मानमा आघात पुग्ने जुनसुकै कार्यलाई राज्यले चुनौतीका रूपमा लिनुपर्छ । यो अत्यन्त संवेदनशील विषय हो । संस्था आपैैंm विवादास्पद हुन सक्दैन । संस्थालाई चलायमान् बनाउने यससँग सम्बद्ध पदाधिकारीकै कारण विवादास्पद बन्छ भन्ने कुरा पनि सर्वविदितै छ । पदाधिकारी पनि सबै समान हुँदैनन्, नैतिकवान् व्यक्ति आप्mनो पदीय दायित्व र काम कर्तव्यप्रति सधैं इमानदार रहन्छ भने कतिपयले स्वार्थलाई नै सर्वोपरी ठानी बद्नियतपूर्ण कार्य गर्न सक्छन् । बद्नियतपूर्ण कार्य गर्ने व्यक्तिकै कारण पछिल्लो समयमा सम्मानित अदालतकै गरिमा खस्किएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)