सन्दीपलाई राष्ट्रिय टिममा फर्काउन हतारो
ekantipur.com · Sat Jan 14 01:11:30 GMT 2023
काठमाडौँ — बलात्कार आरोप लागेर धरौटीमा थुनामुक्त भएका क्रिकेटर सन्दीप लामिछानेलाई टिममा फर्काउन नेपाल क्रिकेट संघ (क्यान) ले थालेको परामर्शले विभिन्न प्रश्न जन्माएको छ । उच्च अदालतको आदेशबमोजिम लामिछाने थुनामुक्त भएका त छन् तर उनलाई थुनामै राखेर मुद्दाको सुनुवाइ गर्नुपर्ने मागसहित सरकारी वकिल सर्वोच्च अदालत जाने विकल्प खुलै छ । उच्चले उनलाई सफाइ दिएको पनि होइन, त्यसको निर्क्योल जिल्ला अदालतले गर्दै छ ।
यसरी मुद्दाको फैसलाअघि उनलाई थुनामा राख्ने वा धरौटीमा छाड्नेबारे सर्वोच्च अदालतमा अपिल हुने सम्भावना खुलै रहेको र जिल्ला अदालतमा दर्ता भएको अभियोग टुंगो नलागिसकेको अवस्थामा क्यानले परामर्श थालेको हो । उच्चले दिएको आदेश र सर्तबारे लामिछानेलाई जानकारी गराएपछि उनका कानुन व्यवसायी सरोजकृष्ण घिमिरेले शुक्रबार बिहान क्यानले सन्दीपलाई राष्ट्रिय टिमको कप्तानमा पुनर्बहाली गर्नुपर्ने बताएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)