रवि गृहमन्त्री भएपछि सूर्यदर्शन सहकारी पीडितमा आशंका र आशा
ratopati.com · Sat Mar 09 00:45:00 GMT 2024
पोखरा । ‘रवि गृहमन्त्री भएपछि जीबी राई पाउने र हामीले पैसा पाउने सम्झने पानी छम्कने जस्तै हो,’ पोखरा स्थित सूर्यदर्शन सहकारीका एक पीडितले भाइबर ग्रुपमा लेखे । पीडितहरूलाई संगठित गर्न भाइबरमा ग्रुप बनाइएको छ । करिब ६ सय सदस्य रहेको उक्त ग्रुपमा ती पीडितलाई सही थाप्दै अर्काले लेखेका छन्, ‘पैसा पाउन सजिलो छैन । पीडित साथीहरू अझै सजग हुनुपर्ने स्थिति आयो ।’
बुधबार नयाँ सरकार गठनपछि मन्त्रीहरूले शपथ लिँदै थिए । गृहमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने दोहोरिए । रवि गृहमन्त्री हुँदै गर्दा पोखराका सहकारी पीडितहरू सशङ्कित भए, ‘आफ्नो डुबेको पैसा फिर्ता नहुने डरमा ।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)