मुख्य सामग्रीमा जानुहोस्

समाचार

Religion

श्रीकृष्ण जन्माष्टमी पर्वले आपसी सद्‍भाव कायम गर्नेछ: राष्ट्रपति

nepaltvonline.com · Tue Sep 05 23:13:27 GMT 2023

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमी पर्वले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधतायुक्त हाम्रो समाजलाई भावनात्मक एकताको सूत्रमा आबद्ध गरी धार्मिक सहिष्णुता तथा आपसी सद्भाव कायम गर्दै सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्न सहयोग पुर्‍याउने अपेक्षा लिनुभएको छ ।

भगवान् श्रीकृष्ण जन्मनुभएको पावन दिनको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले सो कुराको अपेक्षा गर्नुभएको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nepaltvonline.com)