प्रधानन्यायाधीशको इजलास बहिष्कार, पेशी नतोक्न आग्रह
ekagaj.com · Mon Nov 08 17:03:31 GMT 2021
काठमाडौँ– न्यायपालिकाको मर्यादा र निष्ठालाई कुल्चेर भागबण्डा र सेटिङमा चलेको आरोप लागेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्ध कानुन व्यवसायीले आन्दोलन सशक्त र देशव्यापी बनाउने भएका छन् । सर्वोच्चकै न्यायाधीशहरूले प्रधानराणामाथि गम्भीर आरोप लगाउँदै बन्दी प्रत्यक्षीकरणबाहेकका अरु मुद्दा नहेर्ने भन्दै अन्य इजलास बहिष्कार गरिरहेका छन् ।
प्रधानन्यायाधीश राणाले भने पेशी तोक्ने र इजलास सञ्चालन गर्न आग्रह गर्दै आएका थिए । केही दिनअघि उनले न्यायाधीशहरूसँग छलफल गरेर आफूले सम्मानजनक बहिर्गमन चाहेको बताएका थिए । यद्यपि उनले खोजेको सम्मानजनक बहिर्गमनको मार्गचित्र स्पष्ट छैन । त्यसयता न्यायाधीशहरूले बन्दीप्रत्यक्षीकरण बाहेक अन्य मुद्दाको सुनुवाइ नगर्ने घोषणा गरिसकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekagaj.com)