मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

एसीसी प्रिमियर कप फाइनल - कप्तान वसीमकाे शतकमा यूएईले दियाे ओमानलाई २ सय ५ रनकाे लक्ष्य

Ujyaaloonline.com · Sun Apr 21 23:15:56 UTC 2024

काठमाण्डाै – एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईले घरेलु टोली ओमानलाई २ सय ५ रनको लक्ष्य दिएको छ ।

अल अमिरातमा टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ४ विकेट गुमाएर २ सय ४ रन बनायो । यूएईका कप्तान मुहम्मद वसीमले शतक बनाए । वसीमले ५६ बलमा ७ छक्का र ६ चौकासहित सय रन बनाएर आउट भए । यस्तै आसिफ खानले १६ बलमा नट आउट ३८ रन बनाए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)