धनुषामा टिकटकमार्फत धार्मिक अफवाह फैलाउने र मस्जिद तोडफोड गर्ने व्यक्तिहरू पक्राउ
techpana.com · Sun Jan 04 17:32:47 GMT 2026

काठमाडौँ । टिकटकमार्फत धार्मिक अफवाह फैलाएको र मस्जिदमा तोडफोड गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषाको कमला नगरपालिका वडा नं. ६, सखुवा टोल बस्ने १९ वर्षीय हैदर अंसारी र सोही उमेरका अमानत अंसारी रहेका छन् । उनीहरूमाथि मुलुकी अपराध संहिता २०७४ को दफा १५६ बमोजिम धर्म सम्बन्धी कसुरमा जिल्ला अदालत धनुषाबाट म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।
प्रहरीका अनुसार टिकटकमा विभिन्न किसिमका अपशब्द प्रयोग गरी समुदाय लक्षित गालीगलौज गरेको र अफवाह फैलाएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिइएको हो । त्यसैगरी, सोही विषयलाई लिएर शनिबार दिउँसो करिब २ बजे कमला नगरपालिका वडा नं. ६ स्थित मस्जिदमा तोडफोड गरी कागजातहरू फाल्ने र धार्मिक ग्रन्थहरू जलाएको आरोपमा २५ वर्षीय कपिल भन्ने राम प्रताप साहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)