मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

नेपाल पाकिस्तानसँग २ सय ३८ रनले पराजित !

Ujyaaloonline.com · Thu Aug 31 00:30:23 GMT 2023

काठमाण्डौ - एसिया कपमा नेपाल पाकिस्तानसँग २ सय ३८ रनको फराकिलो अन्तरले पराजित भएको छ ।

पाकिस्तानले दिएको ३ सय ४३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल २३ ओभर ४ बलमा १ सय ४ रनमा अल आउट भयो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन बनाए । बलिङतर्फ पाकिस्तानका शादब खानले ४ तथा शाहीन अफ्रिदी र हरिस रौफले २/२ विकेट लिए ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)