तामझामबिनै राष्ट्रपतिको सवारी
ekantipur.com · Sat May 20 00:43:17 GMT 2023
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेल शुक्रबार सरकारको नीति तथा कार्यक्रम पेस गर्न नयाँ बानेश्वरस्थित संघीय संसद् जाँदा राष्ट्रपतिको यसअघिको सवारीका क्रममा हुने सास्ती सर्वसाधारणले बेहोर्नु परेन । कारण– उनी राष्ट्रपति भवन शीतलनिवासबाट नयाँ बानेश्वर चोकसम्म राष्ट्रपतिको निजी सवारीका क्रममा हुने सामान्य सुरक्षा घेरामा थिए ।
उनी विशिष्ट व्यक्तिको सुरक्षा निगरानी अगुवा र पछुवा कारको बीचमा मात्र थिए । त्यसक्रममा विशिष्ट व्यक्तिको सुरक्षा कार्यविधि २०७७ ले निर्धारण गरेको राजकीय सवारी चलाइएको थिएन ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)