किन संसद् भवन परिसरभित्रै लघुवित्त र मिटरब्याजपीडितले गरे प्रदर्शन ?
ekantipur.com · Tue Feb 27 00:56:25 GMT 2024
काठमाडौँ — लघुवित्त तथा मिटरब्याजपीडित समूहले आफ्ना माग सम्बोधन नभएको भन्दै संघीय संसद् भवन परिसरमै छिरेर प्रदर्शन गरेका छन् । संसद् भवन सुरक्षार्थ तैनाथ प्रहरीलाई छक्याउँदै प्रदर्शनकारीले सोमबार नयाँ बानेश्वर पानीट्यांकीतर्फको गेटबाट भित्र छिरेर नाराजुलुस गरेका हुन् ।
विभिन्न असन्तुष्ट समूहले काठमाडौंका मुख्य स्थान केन्द्रित धर्ना, जुलुसलगायत विरोधका कार्यक्रम बढाएपछि जिल्ला प्रशासनले माइतीघर, बानेश्वर, तीनकुने, सिंहदरबार बाहिरी क्षेत्र, शीतलनिवास, बालुवाटारलगायत अति विशिष्ट व्यक्तिका कार्यालय एवं निवास तथा आउजाउ हुने संवेदनशील ठाउँलाई निषेधित क्षेत्र घोषणा गरेको थियो । पुस ४ मा काठमाडौं प्रशासनले निषेधित क्षेत्र तोक्दा संसद् भवन बाहिरको भागलाई पनि समेटेको थियो । त्यसपछि यी स्थान तथा वरपर बाक्लो रूपमा प्रहरी र सशस्त्र प्रहरीलाई तैनाथ गराइएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)