संसद् पुनर्स्थापनाको आदेशपछि डा. केसीको अनशन स्थगित
livemandu.com · Wed Feb 24 18:02:26 UTC 2021
काठमाडौं । स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले फागुन १२ गते सुरु गर्ने भनेको २० औं अनशन स्थगित गरेका छन् । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम सच्याएर संविधान रक्षाको माग गर्दै उनले फागुन १२ गतेदेखि अनशन बस्ने घोषणा गरेका थिए । सर्वोच्चले संसद् पुनर्स्थापना गरेपछि उनले अनशन स्थगित गरेका हुन् ।
प्रधानमन्त्रीले संविधानमाथि गरेको प्रहारलाई सर्वोच्च अदालतले निस्तेज तुल्याइदिएकाले सत्याग्रह स्थगित गरिएको उनले बताएका छन् । तर आफूसँग विगतमा भएका सम्झौता कार्यन्वयन नभएसम्म सत्याग्रह अभियान जारी रहने र नयाँ सरकारलाई जवाफदेही बनाउने अभियान निरन्तर रहने केसीले उल्लेख गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (livemandu.com)