मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सर्वोच्चको ऐतिहासिक फैसलाः ‘तरमारा’ वर्गले आरक्षण नपाउने गरि कानून बनाउनू

deshsanchar.com · Mon Aug 02 01:00:48 GMT 2021

काठमाडौँ – सर्वोच्च अदालतले जातीयता वा वर्गीयताका आधारमा आरक्षण दिने कानूनी व्यवस्था हटाउन आदेश दिएको छ। धनुषाका विनयकुमार पंजिकारले चिकित्सा शिक्षाको उच्च शिक्षामा समेत आरक्षणको व्यवस्था हुनुपर्ने माग गर्दै दायर भएको रिट निवेदनमा सर्वोच्चले आरक्षणबारे नजिर स्थापित गरेको हो।

२०६२/६३ को जनआन्दोलपछि नेपालमा संवैधानिक र कानूनी रुपमा आरक्षण सम्बन्धी व्यवस्था गरिएको थियो। आर्थिक रुपमा सम्पन्न भइसक्दा समेत जातीय र वर्गीय आधारमा आरक्षण लिएर राज्यका विभिन्न निकायमा निरन्तर सुविधा पाएको विषयले आरक्षण उद्देश्य अनुरुप प्रयोग नभएको टिप्पणी हुँदै आएको सन्दर्भमा सर्वोच्चले ऐतिहासिक नजिर स्थापित गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)