‘तामझाम’का साथ सुरु भएको थियो रास्वपा वाग्मती अधिवेशन
baahrakhari.com · Wed Jun 10 15:35:11 GMT 2026

हेटौँडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वाग्मती प्रदेशको अधिवेशनस्थलमा निकै तामझाम देखिन्थ्यो, मगंलबार । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ स्थित हिमालयन दरबार पार्टी प्यालेस अधिवेशनस्थल थियो । हिमालयन दरबार हेटौँडाको ‘भीआईपी’ पार्टी प्यालेस मानिन्छ ।
अधिवेशनस्थलका पार्किङ विहानैदेखि भरिभराउ भयो । प्रदेशभरिका प्रतिनिधि, दजनौँ केन्द्रीय सदस्य, सांसद तथा पार्टी कार्यकर्ता, प्रहरी र सुरक्षाकर्मीको बाक्लो उपस्थिति थियो । अधिवेशनमा वाग्मतीका मात्र नभई अन्य प्रदेश सांसदहरूको समेत उपस्थिति रह्यो ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)