सर्वोच्चको फैसलापछि नेकपाका दुवै पक्ष सक्रिय
nepallive.com · Wed Feb 24 17:43:00 UTC 2021
काठमाडौं- सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै मंगलबार प्रतिनिधि सभा पुर्नस्थापना गरिदिएपछि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै पक्ष सक्रिय भएका छन्। अदालतको फैसलाको प्रतीक्षामा पछिल्ला केही दिनयता निष्क्रिय रहेका नेकपाका दुवै पक्ष बुधबार व्यस्त रहे।
अदालतको फैसलापछि पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल समूहका अध्यक्ष प्रचण्ड र नेपालले त्यसलाई विजयोत्सवका रुपमा लिँदै खुसीयाली मनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व गरेको समूह अदालतको निर्णयबाट असन्तुष्ट भएपनि स्वीकार गरेर अघि बढ्ने निर्णय गर्दै थप रणनीति बनाउन सक्रिय भएको छ। प्रतिनिधि सभा पुनर्स्थापनापछि सत्ताको मियोमा घुम्न नेकपाका दुवै पक्षसहित प्रमुख प्रतिपक्ष नेपाली कांग्रेससमेत सक्रिय हुन थालेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)