नितुका बुबा भन्छन्– ‘बाबुलका कारण छोरीको ज्यान गयो’
ekantipur.com · Fri Oct 24 17:05:56 GMT 2025

काठमाडौँ — गायक तथा संगीतकार बाबुल (धनबहादुर) गिरीको स्टुडियोमा गत शनिबार आफैंमाथि आगो लगाएर आत्मदाह प्रयास गरेकी गायिका नितु पौडेलको मृत्यु भएको छ । उपचारको क्रममा शुक्रबार बिहान साढे ८ बजे पौडेलको मृत्यु भएपछि गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
शरीरको ५५ प्रतिशतभन्दा बढी भाग जलेको अवस्थामा अस्पताल पुर्याइएकी नितुको कीर्तिपुरस्थित बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए । पौडेलको परिवारको जाहेरीपछि प्रहरीले गिरीलाई आत्महत्या दुरूत्साहन मुद्दामा पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)