ओलीले राजीनामा नदिँदा उनी निकट नेताहरु नै असन्तुष्ट
deshsanchar.com · Wed Feb 24 17:12:40 UTC 2021
काठमाडौँ- नेकपा स्थायी कमिटी सदस्य किरण गुरुङ पार्टी अध्यक्ष केपी शर्मा ओली खेमाका भनेर चिनिन्छन्। उनी पूर्व एमालेको नवौँ महाधिवेशनमा खुलेरै ओलीको पक्षमा उत्रिएका थिए। पार्टीमा पटक–पटक विवाद उत्पन्न हुँदा उनी ओलीकै बचाउमा उत्रिन्थे। पछिल्लो पटक संसद विघटकै पक्षमा थिए,उनी। अर्थात् ओलीको कदम उनलाई उचित लागेको थियो।
तर सर्बोच्च अदालतबाट संसद पुनःस्थापनाको फैसला आएपछि उनको मान्यता र अभिव्यक्ति एकाएक बद्लिएको छ। पार्टीको पुष्पकमल दाहाल ‘प्रचण्ड’ खेमा र अन्य प्रतिपक्षी दलहरुकै शैलीमा उनले पनि प्रधानमन्त्री ओलीले नैतिकताका आधारमा राजीनामा दिँदा आगामी राजनीतिक बाटो सहज हुने मान्यता अघि सारेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)
केपी शर्मा ओली
नेपाली कांग्रेस