राष्ट्रपतिको चुनावलाई लिएर पुरानो गठबन्धन ब्युँतिने सम्भावना कति ?
shilapatra.com · Tue Feb 21 00:39:31 GMT 2023
आइतबार साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौला, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्री गगन थापा बालुवाटार पुगे । बालुवाटार जानुअघि साँझ ६ बजे उनीहरूले देउवा निवास धुम्बाराहीमा १ घन्टा छलफल गरे ।
चुनावपछि किचेन क्याबिनेटको भर पर्दा हातको सत्ता गुमेपछि सभापति देउवा सामूहिक छलफल गर्न थालेका छन् । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग कुन रूपमा प्रस्तुत हुनेदेखि औपचारिक रूपमा राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई सघाउन आग्रह गर्ने विषय उठे । कांग्रेस राष्ट्रपति चुनावअगावै वर्तमान सत्ता गठबन्धन ढाल्ने नीति लिएको छ । ‘हाम्रा नेताहरूले १० दिन वा केही दिन भनेर सत्ता गठबन्धन भत्किन्छ भन्नुभएको छ । भनेपछि भत्काउनै पर्यो त्यसमा लागिपरेका छौँ,’ एक कांग्रेस नेताले शिलापत्र सँग भने ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)