सरकारको पक्षमा ९९.२५% मत
ekantipur.com · Wed Jan 11 01:10:06 GMT 2023
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभाबाट ‘असाधारण’ बहुमत प्राप्त गरेका छन् । प्रतिनिधिसभामा मंगलबार उपस्थित २ सय ७० सांसदमध्ये २ सय ६८ जनाले दाहाललाई विश्वासको मत दिएका छन् ।
माओवादी केन्द्रका अध्यक्ष दाहालले सत्ता गठबन्धन बाहिरका कांग्रेस, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीको समेत मत पाएका हुन् । नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले मात्र विपक्षमा मतदान गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)