देउराली सहकारीद्वारा ७ अर्ब ठगी
newsofnepal.com · Thu Oct 05 00:17:09 GMT 2023
काठमाडौं । सर्वसाधारणको करोडौं रुपियाँ निक्षेप हिनामिना गरेको आरोपमा देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागार्इंलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले चौलागाईंलाई मंगलबार साँझ लाजिम्पाटबाट पक्राउ गरेको हो ।
ललितपुरको सातदोबाटोमा रहेको देउराली बहुउद्देश्यीय सहकारीले सर्वसाधारणलाई ठगी गरेको भन्दै अनुसन्धान गर्न सहकारी विभागले सीबीआईलाई गत असारमा पत्राचार गरेको थियो । निक्षेपकर्ताबाट पनि उजुरी परेपछि चौलागार्इंलाई सीबीआईले खोजी गरिरहेको थियो । लामो समयदेखि फरारका चौलागार्इंलाई विशेष सुराकीका आधारमा मंगलबार पक्राउ गरिएको सीबीआई प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)