श्रीमतीको हत्या आरोपमा श्रीमान् पक्राउ
barnanmedia.com · Wed Jul 17 21:43:44 UTC 2024

श्रीमतीको हत्या गरेको आरोपमा बारपाक सुलिकोट गाउँपालिका–७ बालुवाका ३१ वर्षीय कुमार सार्कीलाई प्रहरीले पक्राउ गरेको छ ।
असार २६ गते २६ वर्षिया सुनिता नेपाली घर भित्र मृत भेटिएकी थिइन् । सलको पासो लगाई झुण्डिएको देखेको र उक्त पासो काट्दा मृत्यू भइसकेको भन्दै श्रीमान् कुमारले गाउँ छिमेकमा खबर गरेका थिए । घटना स्थलमा खटिएको प्रहरी टोलीले प्रारम्भिक अनुसन्धान पछि शव पोष्टमाटमका आरुचनौटे प्राथमिक स्वास्थ्य केन्द्र पठाएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)