एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल पराजित
ekantipur.com · Tue Nov 22 18:45:07 GMT 2022
काठमाडौँ — एमालेको दोस्रो वरीयतामा रहेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल कांग्रेसका युवा नेता प्रदीप पौडेलसँग ५ हजार ६२ मतले पराजित भएका छन् । पौडेलले १५ हजार २ सय ३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १ सय ७५ मत मात्रै ल्याए । पौडेल काठमाडौं–५ बाट चुनाव लड्ने निर्णय मनोनयनको एक दिनअघि मात्रै कांग्रेसले गरेको थियो ।
६ महिनाअघि मात्रै भएको स्थानीय तह चुनावमा सत्तारूढ दलहरूको गठबन्धनका बाबजुत एमालेले सो क्षेत्रमा राम्रो प्रदर्शन गरेको थियो । स्थानीय चुनावमा वडाध्यक्षहरूले पाएको मताधारमा पनि यो निर्वाचन क्षेत्रमा एमाले मजबुत अवस्थामा थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)