गगन थापालाई कोरोना संक्रमण
nayapage.com · Sat Oct 03 17:06:19 UTC 2020
काठमाडौं, १७ असोज । नेपाली कांग्रेसका सांसद तथा पूर्व स्वास्थ्य मन्त्री गगन थापालाई कोरोना भाइरसको संक्रमण भएको छ।
सोमबारबाट सुरु हुन लागेको कांग्रेसको केन्द्रिय समितिको बैठकका लागि कांग्रेसका नेताहरुको पिसिआर परीक्षण गरिएको थियो। नेपाली कांग्रेसले बैठक अघि आफ्ना केन्द्रीय पदाधिकारी र सदस्यहरु, उनीहरुको सुरक्षाकर्मी र चालकको शुक्रवार स्वाब परिक्षण गराएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nayapage.com)